बुद्धिबहादुरले दिलाए नेपाललाई ३२ औं स्वर्ण


१९ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत बिहीबार भएको पुरुषतर्फको साइक्लिङको स्पर्धामा नेपालले स्वर्ण, रजत र कास्य तीनै पदक हात पारेको छ।

यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ ।

नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण, राजीव राईले रजत र ओकेशराज वज्राचार्यले कास्य पदक जितेका हुन्।

यो नै नेपालले सागको एउटै संस्करणमा जितेको सर्वाधिक स्वर्ण हो । १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार