कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु


२५ असार, कञ्चनपुर । कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते भएका एक विद्यार्थीको उपचारका क्रममा ज्यान गएको छ ।

शिक्षकको कुटाइबाट घाइते भएका भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गएराति उपचारका क्रममा मृत्यु भएको हो । 

यही असार १३ गते कलौनीलाई शिक्षकहरुले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) जनक पाण्डेले उपचारका क्रममा भारतको बरेलीमा विद्यार्थीको मृत्यु भएको खबर आएको बताए ।

पाण्डेले भने, ‘‘अहिलेसम्म किटानी जाहेरी आइसकेको छैन । पोष्टमार्टमको रिपोर्ट आएपछि थप केही खुल्छ होला । अनुसन्धानका लागि तीनजना शिक्षकलाई भने नियन्त्रणमा लिएका छौं ।’’

सम्बन्धित समाचार