नेपाल‍ी महिला क्रिकेट टाेली श्रीलंकासँग पराजित


२० मंसिर, काठमाडौं । १३ औँ  दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले दोस्रो हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका महिला टिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १८ रन बनायो ।

नेपालले आजकाे खेलमा निकै खराब सुरुवात गर्यो । चार रनमा पहिलो विकेट गुमाएको नेपालले चार रनमा नै दोस्रो तथा १४ रनमा तेस्रो विकेट खेर फाल्यो । नेपालका कुनै खेलाडीबीच दरिलो साझेदारी हुन सकेन । २७ रनमा तेस्रो विकेट खेर फालेको नेपालले ३७ रनमा पाँचौ विकेट गुमायो ।

नेपालका सुरुवाती तीन खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । काजल श्रेष्ठ ८ रनमा आउट भइन् भने सिता रानामगर र इन्दु बर्माले खाता खोल्न सकेनन् ।

यस्तै कप्तान रुविना क्षेत्रीले १९ रन बनाउँदा सोनु खड्का मात्र एक रनमा आउट भइन् । करुणा भण्डारी १२ रनमा पेभेलियन फर्किँदा अप्सरी बेगमले ११ रनको योगदान गरिन् । त्यसपछि डली भट्टले खाता खोल्न सकिनन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार