१३ औँ साग क्रिकेट- माल्दिभ्सविरुद्ध नेपालको जित


२० मंसिर, काठमाडौं ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रनमा समेटियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार