सिद्धबाबालाई अनुसन्धानका लागि ७ दिनको म्याद थप


२० मंसिर, सुनसरी। बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले शुक्रबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

यसअघि प्रहरीले अदालतबाट ४ दिनको म्याद थप गराएर अनुसन्धान थालेको थियो ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनलाई मंसिर १६ गते प्रहरीले पक्राउ गरेको थियो। बलात्कार आरोपमा उजुरी परेपछि सुनसरीको चतराधाममा रहेका गिरी बिसन्चो भएको भन्दै विराटनगरस्थित विराट नर्सिङहोममा भर्ना भएका थिए।

सिद्धबाबालाई थप अनुसन्धानका लागि अस्पतालबाट अदालत लगियो

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार