साफ यू–२० च्याम्पियनसिप उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै


साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बंगलादेश भिड्दैछन् ।

खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।

प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।

बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो ।

नेपाललाई ८–० गोलको फराकिलो अन्तरले हराएको भारत भने बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली बिहीबार नै स्वदेश फर्किइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज