दक्षिण कोरियावाट उन्नत जातका साँढे र गाई नेपाल ल्याईदै

  • ख-
  • ख+
K Shares

काठमाडौं, ५ भदौं।।कृषी तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ ।

हेफर इन्टरनेशनलमार्फत मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो ।

हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आई पूग्नेछन । 

पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साढेँ र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ ।

कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको पशु बिभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार कोरियावाट ल्याईने साँढे पोखराको पशु प्रजनन केन्द्रमा राखिने छ भने गाईलाई सिन्धुलीस्थित मोडेल डेरी भिलेज फार्ममा राखिने छ ।  

साँढे र गाई ल्याउने सम्पुर्ण खर्च हेफरले नै ब्योहोर्ने छ । कोरिया सरकारले साँढे र गाई नि:शुल्क उपलब्ध गराए पनि कोरियावाट नेपाल ल्याउनका लागि ढुवानी खर्च भने डेढ करोड बराबर हुने हेफरले जनाएको छ ।


न्युज कारखाना  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्