मिचिएका जमिन फिर्ता गराउन सरकार गम्भिर – मन्त्री अर्याल


२५ मंसिर, काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक अघि बढाईने बताएकी छन ।

बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बताइन । उनले गुठीलाई समृद्ध बनाउनु आजको आवश्यकत्ता भएको पनि भन्दै संविधानले निर्देशन गरेबमोजिम नै सरकार अघि बढ्ने स्पष्ट पारे । सरकार, सरोकारवाला र विज्ञहरुबीच व्यापक छलफल तथा परामर्श गरेर सहमतिको दस्तावेजको रुपमा विद्येयक ल्याईनेपनि उनको भनाई छ । अहिलेपनि दर्जनभन्दा बढि विद्येयक तथा कानूनहरु एक आपसमा बाझिने गरेकोले एउटा काम गर्दा अर्कोले अप्ठ्यारो पारेको पनि उनले बताइन ।

मन्त्री अर्यालले सरकारले एकीकृत भूमी ऐनपनि अघि बढाउने तयारी गरिसकेको जानकारी दिइन । उनले नेपालका सीमा अतिक्रमण भएको विषयप्रति वर्तमान सरकार गम्भिर रहेको र मिचिएका जमिन फिर्ता गराउने प्रक्रियामा सरकार लागिसकेको पनि दाबी गरिन ।

नेपाल र भारतबीच सीमा विवाद समाधानको लागि वार्ता गर्न सचिवस्तरीय संयन्त्र यसअघि नै गठन भईसकेको र वार्ता पनि भैरहेकाले सचिवस्तरीय, मन्त्रीस्तरीय र आवश्यक परे प्रधानमन्त्री स्तरमा पनि भारतसँग वार्ता गर्न सकिने उनले बताइन । फरक प्रसँगमा उनले बालुवाटार जग्गा प्रकरणमा नेपाल सरकारको यसअघिको जे धारणा थियो अहिलेपनि त्यो कायमै रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार