अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल काठमडौमा सुरु


२५ मंसिर, काठमाडौं ।  अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल(किम्फ)को १७ औं संस्करण बुधबारदेखि काठमडौमा सुरु भएको छ ।

सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुन लागेको महोत्सव ५ दिनसम्म चल्नेछ । २९ देशका ६६ वटा फिल्महरु महोत्सवमा प्रदर्शन गरिनेछ जसमध्ये नेपाली पानारोमा अन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन हुँदैछन् । प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् । महोत्सवको अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख १० हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिस्पर्धाको निर्णायकमा नेपालबाट अस्मिना रंजित, पोल्यान्डबाट ग्याब्रियला कुहान र दक्षिण कोरियाबाट ली जाई–कायो रहेका छन् । भोइसेस फ्रम द मार्जिन अवधारणा रहेको महोत्सवमा तस्वीर प्रदर्शनी, समूहमा छलफल, मास्टर क्लास सञ्चालनजस्ता कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार