किन ठोकिन्छ नासाको जेम्स वेब टेलिस्कोपमा क्षुद्रग्रह ?

  • ख-
  • ख+
K Shares

न्युयोर्क, ६ भदौ।।अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब टेलिस्कोपमा बारम्बार क्षुद्रग्रह ठोकिने गरेको छ ।

मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप(जेडब्लुएसटी)मा एक क्षुद्रग्रहको आक्रमणबाट ठूलो क्षति भएको थियो ।

यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानाडेली स्पेस एजेन्सी (सीएसए)को सहकार्यमा नेसनल एरोनेटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो ।

यो बहुमूल्य प्रविधिबाट बनेको छ ।  

अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ ।

टेलिस्कोपले यो महत्वाकांक्षा पूरा गर्न जेडब्लूएसटी आगामी वर्षहरूमा पनि सञ्चालनमा रहन्छ ।

परियोजनाको दीर्घायुलाई लिएर चिन्ता बढेको छ ।

किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा  ठूलो क्षति टेलिस्कोपलाइ भएको थियो ।


स्थापनापछि वेब टेलिस्कोपमा ६ वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका  छन् ।

त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा  र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पुर्‍याएको छ ।

उल्का पिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बिर लिने क्षमतालाई असर नगर्ने बताइन्छ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्