सार्वजनिक कार्यक्रममा मन्त्री पण्डितमाथि दुर्व्यवहार


२७ असार, काठमाडौं । स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासी/जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन शुक्रवार ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितविरुद्ध आदिवासी जनजाति युवा तथा विद्यार्थीले बैठकस्थलमै नाराबाजी गरेका हुन् ।

प्रदर्शनकारीले ‘लोक सेवाको विज्ञापन खारेज गर्, लालबाबु पण्डित राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

लोक सेवाले ९ हजार १ सय ६१ पदका लागि खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको भन्दै विरोध हुँदै आएको छ ।

त्यस सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगले तीव्र ढंगले परीक्षाको तयारी गरिरहेको छ ।

Gepostet von Gobinda Chhantyal am Donnerstag, 11. Juli 2019

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार