कपिलवस्तुमा गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


कपिलवस्तु, २२ भदौ,कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानीधारामा हिजो चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ बर्षीय पुष्कर भट्टराई रहेका छन् । 

हिजो बेलुका सवा ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिदा दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज