मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु


मुगु, २२ भदौ मुगुमा, भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ ।

छायानाथ रारा नगरपालिकाक वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो ।

नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिर बाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवाष हमालले जानकारी बताए ।

उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दे आई रहेका थिए ।

 उनको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको छ ।


न्युज कारखाना
 

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज