नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा धेरै


नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ ।

गत माघदेखि देखिन थालेको डेङ्गीका कारण हालसम्म देशभरका ७५ जिल्लामा गरी ११ हजार ६५ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार ३ सय ९० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ६२ जना डेङ्गीका कारण सङ्क्रमित भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.सञ्जय ठाकुरले तीव्र गतिमा फैलिँदै गएको डेङ्गीको रोकथाम तथा नियन्त्रणका लागि सबैलाई हातेमालो गरेर अघि बढ्न तथा सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

हरेक दुईदेखि ३ वर्षको अन्तरालमा डेङ्गी रोग प्रकोपको रुपमा देखिने भएकाले पुरै शरीर ढाक्नेगरी लुगा लगाउन, पानी जम्ने वातावरण बन्न नदिन, डेङ्गीको शङ्का लागेमा चिकित्सकसँग परामर्श गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज