पेट्रोलियम ढुवानी भाडा बढाउने सहमति


ढुवानी भाडा बढाउने माग पूरा हुने भएपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

व्यवसायीले ढुवानी भाडादर बढाउन माग गर्दै भदौ २४ गतेबाट हडताल सुरु गरेका थिए ।

हिजो दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको छलफलमा साउन ७ गतेसम्ममा सञ्चालक समितिबाट निर्णय गराई ढुवानी भाडा बढाउने सहमति भएको हो ।

महासङ्घ अध्यक्ष खगेश्वर बोहोरा र निगमको आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै हडताल फिर्ता लिने र ढुवानी भाडादर बढाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज