‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक


अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरु असोज ६ गते बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

छनौट कात्तिक २४ गतेसम्म चल्नेछ । एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ ।

हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज