कोसी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खुला, सतर्क रहन अपिल


२७ असार, सप्तरी ।  पहाडी भेगमा लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव  एक लाख २१ हजार र साँझ सात बजे एक लाख ६४ हजार १५० क्युसेक मापन गरिएको छ ।

शुक्रबार बिहानसम्म दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोसी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खुला गरिएको कोसी नियन्त्रण शाखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले कोसीको बाढीका कारण हालसम्म कुनै खतरा र क्षति नभएको जनाएको छ । 

१९६२ सालमा निर्माण भएको कोसी ब्यारेजमा निर्माणताका १२ लाख क्युसेक पानीको बहाव क्षमता थियो । तर बालुवा र ग्रेगर जम्मा भएका कारण अहिले एक लाख ५० हजार क्युसेक पानीको बहाव पुुगे खतराको संकेतस्वरूप पुलको दुवैतर्फ रातो झन्डा र रातो बत्ती बालेर खतराको संकेत गर्ने गरिएको छ । 

सम्बन्धित समाचार