कपनमा आगलागीमा परि ज्यान गुमाएका तीनजनाको पहिचान खुल्यो


काठमाडौँको कपनमा भएको आगलागीमा परि ज्यान गुमाएका तीनजनाको पहिचान खुलेको छ ।

गएराति बुढानिलकण्ठ नगरपालिका–११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ताप्लेजुङका २७ वर्षका कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षका अशोक राई र काठमाडौँ महानगरपालिका–२६ रानीबारीका २५ वर्षका छेवाङ शेर्पाको मृत्यु भएको हो उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

आगलागीमा परेर एक जना घाइते भएका छन् । घाइते कपन बस्ने कुशल बुढाथोकीको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

कपनको राम मन्दिर नजिक रहेको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज