
१३ माघ, काठमाडौं । आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले प्राप्त गरेका छन् । आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको जनाएको छ ।
गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।