बिनाशकारी भुकम्पः किम जोङद्धारा सिरियाली समकक्षीलाई समवेदना सन्देश

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

प्योङयाङ, २५ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन् ।

सोमवार गएको ७.८ रेक्टर स्केलवाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन ।

म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ,ू किमले सिरियाका राष्ट्रपति बसर अलअसदलाई समवेदना प्रकट गर्दै भनेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्