
काठमाडौँ । के.पी दंगाल ‘गोकुल’को दोस्रो सांगितीक प्रस्तुति ‘प्रेमको झिरैमा’ बोलको गीत बजारमा आएको छ ।
उक्त गीतको म्युजिक भिडियो पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ ।
यस अघि पनि सर्जक दंगालको पहिलो सांगितीक कोशेली ‘निर्मोही’ नामको आधुनिक गीत गायक प्रमोद खरेलको स्वरमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भैसकेको छ।
मातृका प्रसाद आचार्य र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको उक्त गीत पुरुषोतम न्यौपानेको संगीत साथै संगीत संयोजन, किशोर थापाको ध्वनी सम्पादनमा तयार भएको हो भने गीतलाई ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको म्युजिक भिडियोमा के.पी दंगाल ‘गोकुल’ र स्मारिका ढकालको अभिनय रहेको छ ।उक्त गीतमा अर्जुन सिलवालले कोरियोग्राफी, अजय लामाले प्रोडक्सन म्यानेज र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।