
काठमाडौं, ७ चैत ।मगर कथानक चलचित्र “उखान“ मगर भाषामा नभएको निर्देशक प्रकाश कुमार दर्लामीले बताएका छन् ।
यहि चैत्र १८ गते प्रर्दशनमा आउन लागेको मगर कथानक चलचित्र “उखान“ को बिषयमा धेरैले मगर भाषामा नभएको भनि गुनाशो गरे पछि चलचित्र निर्माताले स्पष्टिकरण दिएका हुन्र ।
चलचित्रमा मगर भाषालाई प्राथमिकता नदिनुको कारण बारे उल्लेख गर्दै, मगर भाषा, कला र साँस्कृतीनै लोप भैसकेको मगर बस्तीलाई औंल्याएर कथा चित्रण गरिएको कारण मगर भाषामानै चलचित्र बनाउन आवश्यक नठानेको बताइएको छ । यस्तै अहिले मगर भाषा अधिकांश मगर समुदायमा लोप हुदै गएकाले मगर भाषामा चलचित्र बनाउदा ठुलो समुहलाई मगर सस्कृती सगं जोडिएको चलचित्रबाट बन्चित गरिने हुदाँ नेपाली भाषामा निर्माण गरिएको बताइएको छ ।
यस्तै नेपाली भाषामा चलचित्र बन्दा गैर मगर समुदायलाई समेत समेट्न सकिने हुदाँ मगर सस्कृति बारे झन धेरै प्रचार हुने निर्माताले विश्वाश लिएको छ । मगर सामुदायमा फैलिरहेको बिकृती र बिसङ्गतीहरु लाई नियन्त्रण गर्न बिशेष ध्यानाकर्षण गरेर नयाँ पुस्तालाई चाहिने सन्देश मुलक चलचित्र निर्माण गरिएको निर्माता दाबी गरेका छन् ।