गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, १६ चैत । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धन बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमालगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड चितवन जानु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किनु भएपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्नेछ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्