कुलेखानी असारमै भरियाे, पूर्ण क्षमतामा चलाइदै


३० असार, काठमाडौं । इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ ।

कुलेखानीको जलाशय अघिल्ला वर्षहरुमा असोजमा मात्र भरिने गरेको थियो । यस वर्ष असारमै भरिएपछि बाँध खोल्नु नपरोस् भनी आयोजनालाई पूर्ण क्षमतामा चलाइएको उनले जानकारी दिए ।

कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युत्गृह नचलाई राख्ने गरेको थियो । कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो ।

विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ । अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्णक्षमतामा चलाई भारततर्फको विद्युत् आयात घटाइएको घिसिङले जानकारी दिए ।

सम्बन्धित समाचार