
३१ असार, काठमाडौं । कृषि विकास बैक लिमिटेडमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको ३८४ जनाका लागि दरखास्त माग गरेकाे छ ।
वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर २० जना रहेका छन्।
त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३ जना, सिभिल ओभरसियर ५ जना छन्।
विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ।
दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ।
