प्रसूति गृहमा दुई पक्षबीच वार्ता


२ साउन, काठमाडाैं । सुत्केरीको निधन भएपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृहमा अहिले बिरामी पक्ष र अस्पताल प्रशासन बीच वार्ता भइरहेको छ।

 बिरामी पक्षले अस्पतालको लापरवाही भनेर दाबी गरेपनि त्यो गलत भएको अस्पताल प्रशासनले जनाएको छ।

नुवाकोट दुप्चेकी कल्पना तामाङलाई गत मंगलबार सुत्केरी गराउन अस्पताल भर्ना गरिएको थियो।

हिजो बुधबार अपरशेनको क्रममा बच्चा र आमा दुबैको मृत्यु भयो।त्यसपछि मृतकको आफन्तहरु आक्रोशित बनेका थिए। मृतकका आफन्तको आरोप अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएको भन्ने छ।

सम्बन्धित समाचार