अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख बिगो माग गर्दै मुद्दा दायर


१८ पुस, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध ४ करोड ६८ लाख ४८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सेवामा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा ४ करोड ६८ लाख बिगो मागसहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बताए ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ (२), भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद माग दावी गरेको छ । त्यस्तै गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज