ओम हस्पिटलको विशेष प्याकेज अफर


२० पुस, काठमाडौं ।  काठमाडौंको चावहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले नयाँ वर्षको अवसर पारेर सहुलियत अफरसहित सर्जरी प्याकेजको घोषणा गरेको छ । 

बिहीबार पत्रकार सम्मेलन गरेर अस्पतालले दिएको जानकारीअनुसार प्याकेज अफरमा दुई किसिमको सर्जरी सेवा प्रदान गरिने छ ।

जसमा इन्डरमिडियट सर्जरी ३२ हजारमा र अर्काे मेजर शल्यक्रिया ३६ हजारमा गरिने उल्लेख छ । 

प्याकेजमा ल्यास्परोस्कोपिक विधिबाट पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायत स्त्रीरोग सम्बन्धि पाठेघरको शल्यक्रिया पनि समेटिएको अस्पतालका कन्सल्टेन्ट सर्जन डा. कमल कोइरालाले जानकारी दिए । यससँगै हर्निया, हाइड्रोसिल, फिस्टुलाको सर्जरी पनि प्याकेजमा समेटिएको छ । 

सर्जरी चार्ज, बेड चार्ज, ल्याब टेस्ट र चिकित्सकको कन्सल्टेशन चार्जसमेत समेटिएको उक्त प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।  उक्त प्याकेज अफर यही पुस १९ गतेदेखि पुस २९ गतेसम्म रहने जानकारी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार