खटाएको क्षेत्रमा चिकित्सक नगए कडा कारवाही गर्ने मन्त्री ढकालकाे चेतावनी


२२ पुस, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले लगानी गरेर चिकित्सक बनाइएका व्यक्ति सरकारले खटाएको क्षेत्रमा नगए कडा कारवाही गर्ने चेतावनी दिएका छन ।

कान्ति बाल अस्पतालको ५८ औं बार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दुई बर्ष सेवा गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको भन्दै सरकारले खटाएको क्षेत्रमा नगए कडा कारवाही गर्ने चेतावनी दिएका हुन ।

स्वास्थ्य क्षेत्रलाई बिधिसम्बत ढंगले चलाउर्ने काम निकै कठिन देखिएको उनले बताए । मन्त्री ढकालले आफु पैसा कमाउनका लागि राजनीतिमा नलागेको भन्दै आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता पनि जनाए । कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने उनले जिकिर गरे । त्यस्तै उनले औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य भएकाे दाबी गरे ।

उनले अतिरिक्त कामका लागि खरिद गरिएको मेशिन पनि अस्पतालमा कामबिहिन भएर बसेको भन्दै यस्तो प्रबृतिलाई सरकारले निरुहात्सीत गरिने बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडितर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार