त्रिभुवन आर्मी क्लब जितका साथ न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सुरुवात


२३ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबले पनि सहज जितका साथ न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सुरुवात गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार भएको खेलमा आर्मीले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुललाई ३–० ले हराएको छ । एकपक्षिय खेलमा आर्मीले २५–६,२५–१८,२५–९ ले विजयी भएको हो ।

त्यस्तै समूह एकै अर्को खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले पोखराको टप्स माविलाई २५–११,२५–१० र २५–६ ले हराएको थियो । त्यस्तै समूह ‘बी’मा आयोजक एवंम् साविक उप विजेता न्यु डायमण्ड स्पोर्टस क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब रहेका छन् । लिग कम नकआउटका आधारमा हुने खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ । प्रशिक्षणले मात्रै भलिबल विकासमा पुर्णता पाउने नदेखिको उल्लेख गर्दै न्यु डायमन्डले दुई वर्ष अघिदेखि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार