१५ किलो गाँजा र कारसहित तीन जना पक्राउ


२४ पुस, काठमाडौं । मकवानपुर मातहतकाे ईलाका प्रहरीले १५ किलो गाँजा र कारसहित तीन जना पक्राउ गरेकाे छ ।

मनहरीतर्फबाट हेटौडा तर्फ जाँदै गरेको भारतीय नम्बरको कारलाई चेकजाँच गर्दा १० किलो लागू औषध गाँजा बरमाद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा सर्लाही हरिपुरका रंजित कुमार गुप्ता र सर्लाही हरिपुरकै बाल कृष्ण गुप्ता रहेका छन ।

गाँजा र कारसहित उनिहरूलाइ नियन्त्रणमा लिएर अावश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

यस्तै मकवानपुरबाट खटिएको प्रहरी टोलीले पथलैया जाँदै गरेको प्रदेश ०२-०३-००६ प २८८३ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा ५ किलो लागू औषध गाँजासहित एक जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिकाका कृष्ण थापा मगर रहेका छन ।

उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार