एक वर्षअघि बसमा अश्लिल हर्कत गर्ने युवक पक्राउ


२९ पुस, काठमाडौं ।  एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई  प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घटनामा संलग्न युवालाई महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको बताए।

२०७५ साल कार्तिकमा सामाजिक सञ्जालको म्यासेन्जर हुँदै भाइरल भइरहेको एक भिडियोले प्रहरीलाई हैरान बनाएको थियो।  उक्त भिडियोमा एक व्यक्तिले हस्तमैथुन गरेर बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्य झारेको दृश्य थियो।

लगत्तै प्रहरीले विज्ञप्ती नै निकालेर सो पुरुषको खोजी थालिसकेको जानकारी दिँदै घटनासम्बन्धी जानकारी भए प्रहरीलाई सहयोग गरिदिन आम नागरिकमा अपिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार