सवारी साधनभित्र अश्लील गतिविधि गर्ने रुचाल सार्वजनिक


२९ पुस, काठमाडौं । सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की)लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की)लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा रुचाल (सार्की)लाई महाशाखाको टोलीले पुस २८ गते सोमबार चितवनबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार आरोपीले प्रहरीसामु कसुर गरेको स्वीकार गरेका छन् । प्रारम्भिक अनुसन्धानमा भिडियो बनाएर त्यसबाट पैसा कमाउने उद्देश्य राखेको देखिएको र रुचालले चलाउने फेसबुकका मेसेजहरु हेर्दा नेटवर्क नै बनाएर काम गरिरहेको जस्तो पनि देखिएकोले अनुसन्धान गरिरहेको प्रमुख थापाले जानकारी दिए ।

रुचालले सो भिडियो ०७५ साल भदौ महिनामा खिचेर सामाजिक सञ्जालमा मंसिर महिनामा पोस्ट गरेका थिए भने उनी विरुद्ध ०७५ साल माघ ११ गते महाशाखामा जाहेरी परेको एसपी थापाले बताए ।

भिडियो सार्वजनिक भएपछि पक्राउ पर्ने डरले केही समय भारतमा गएर बसेको र पछि फर्किएर चितवनमा बसेको देखिएको एसएसपी थापाले बताए । पक्राउ परेका रुचालमाथि साइबर अपराध अन्तर्गत थप अनुसन्धान गरेर कारवाही अगाडि बढाइने पनि एसएसपी थापाले जानकारी दिए ।

गत वर्षको मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेको स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार