मल्टी ट्यालेन्ट विजेता बनेपछि रिवाजलाई कसले गर्‍याे फाेन ? (भिडियाेसहित)


५ साउन, काठमाडौं । मल्टी टेलेंटको ताज जीते सँगै रिवाजले अहिले आफ्नै कोरियोग्राफरमा पहिलाे गीत निकालेका छन।

दिनेश सुवेदीको शब्द रहेको बाबुल गिरि र संगीता बर्माको आवाजमा ‘फोन आयो’ गीतलाई बाबुल गिरीले नै संगीत संयोजन गरेका छन ।  भिडियाेमा रिवाज सिद्धार्थ गौतम, ममता लामा मनीषा र सचिन दहालको अभिनय देख्न सकिन्छ।

  भिडियोलाइ मनोरञ्जनात्मक तरिकाले खिचेका भारतीय निर्देशक तथा छायाकार अरोन अशोक कुमारले निर्देशन गरेका छन। लक्ष्मण सुनारको सम्पादनमा ए जे को प्रस्तुति रहेको भिडियोलाई ड्रैगन पिक्चर्सको पोस्ट प्रोडक्शन रहेको छ।

सम्बन्धित समाचार