एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब भिड्ने


९ माघ, काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला(पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–० को सेटमा जित निकाल्दै न्यू डायमण्डले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

फाइनल पुग्ने क्रममा न्यू डायमण्डले आर्मीमाथि २५–१५, २५–२२ र २५–१३ को सेटमा जित निकाल्यो ।

यस अघि पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । विभागीय डर्बीमा एपीएफले पुलिसमाथि २५–१५, २५–१६ र २५–२२ को सेटमा जित निकालेको थियो । अब एपीएफ र न्यू डायमण्डबीचको फाइनल खेल शुक्रबार हुनेछ ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलाको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

सर्वोकृष्ट खेलाडीले २५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०–१० हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार