एकदिवसीय सिरिजका ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा


१० माघ, काठमाडौं । त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

घरेलु मैदानमा हुने पहिलो एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ । 

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेसावाकर र ललित राजबंशी

वैकल्पिक खेलाडी

पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशोर महतो

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार