लुम्बिनी कपकाे उद्घाटन खेल लुम्बिनी कलेज र न्यु समिट कलेज बीच हुने


१० माघ, काठमाडौं । चाबहिल चुच्चेपाटी मा संचालित लुम्बिनी कलेजले अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी भएकाे छ  ।

बिहिबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकाे जानकारी दिइएकाे हो ।

खेलकुदको विकास विद्यालय र कलेजतहबाटै शुरु गर्न प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक शम्भु कार्कीले जानकारी गराए  ।

होली एजुकेशन फाउन्डेसन मुख्य प्रायोजक रहेको सो प्रतियोगिता माघ १० गते देखि १२ गते सम्म चल्ने ।

कुल २१ कलेजका २४ वटा  टिमले सहभागिता जनाउन लागेको सो प्रतियोगितामा प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु ५० हजार सहित ट्रफी मेडल त प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ।

त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई आयोजक लुम्बिनी कलेज  र प्रायोजक होली एजुकेशन फाउन्डेसनको तर्फ बाट गिफ्ट ह्याम्पर को व्यवस्था गरिएको पनि आयोजकले बताएको छ।

नक आउटको आधारमा खेलाइन लागेको सो प्रतियोगिता लुम्बिनी  फुटसल चुच्चेपाटीमा हुनेछ ।

प्रतियोगिताको पहिलो उद्घाटन खेल माघ १० गते आयोजक लुम्बिनी कलेज र न्यु समिट कलेज बीच बिहान ११ बजे हुने छ ।

सोहि अवसरमा खेल तालिका समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार