सहिद स्मारक ‘ए’ डिभिजन- हिमालयन शेर्पालाई संकटाले हरायाे


१९ माघ, काठमाडौं ।  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविकको उपविजेता संकटा क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा मार्टिन्सले गोल गरेका थिए । उनले क्षितिज राज जिटीको पास सदुपयोग गरेका थिए ।

खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए । शेर्पालाई हराएसँगै संकटा लिगको छैटौं स्थानमा उक्लिएको छ । संकटाले १० खेलमा १५ अंक जोडेको छ । लिगमा १० खेलमा ७ अंक जोडेको शेर्पा पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

हारसँगै शेर्पालाई रेलिगेसनको डर कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार