कोरोना भाइरस बारे अमेरिकाले बढी त्रास फैलायाे- चीन


२१ माघ, एजेन्सी ।  अमेरिकाले कोरोना भाइरसका बारेमा वास्ताविकताभन्दा बढी हल्ला चलाएर त्रास फैलाएको चीनले आरोप लगाएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरस नियन्त्रण हुन नसकिरहेको विषयलाई अमेरिकाले गलत तरिकाले व्याख्या गरेको चिनियाँ विदेश मन्त्रालयले सोमबार जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता हु चुन्यीङले विश्व समुदाय जिम्मेवार, शान्त र गम्भीर हुने विश्वास पनि व्यक्त गरिन्। उनले वैज्ञानिक तथ्यलाई आधार मान्ने र समस्याको समाधान गर्न तथा सामना गर्न तयार रहनु पर्नेमा पनि जोड दिइन्।

अमेरिकाले प्रतिबन्ध लगाएलगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको छ। सोमबार नै हङ्कङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार