ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य


२२ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपालले जितका लागि १९८ रनको लक्ष्य पाएको छ ।

 त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो ।  नेपालले  टस जितेर पहिले फिल्डिङ रोजेको हो । 

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले ३, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।  

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार