कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍यो, अर्को बैठक २७ माघमा


२२ माघ, काठमाडौं । नेपाली कांग्रेसले बिहीबारका लागि बाेलाएको केन्द्रीय समिति बैठक सरेको छ ।

नेताहरू आन्तरिक गृहकार्यमा व्यस्त रहेको भन्दै बैठक २७ माघका लागि सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यस अघि १३ माघको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर तथा नेविसंघ गठनको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार