प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन कार्यसुचि



२३ माघ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयका विधेयकहरु प्रस्तुत हुनेछ ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णा कुमारी सुवेदीले “बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नेछन ।

यस्तै, गृहमन्त्री रामबहादुर थापाले “कारागार विधेयक २०७६” पेश गर्ने कार्यसूची तय गरिएको छ ।

कृषि तथा पशुपञ्छी विकास मन्त्री घनश्याम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६” प्रस्तुत गर्नेछन ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रिय सभाको बैठकमा उत्पन्न भएको “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६” माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रियसभामा उत्पन्न भएको “नेपाल इन्जिनियरिङ्ग परिषद (पहिलो संशोधन) विधेयक, २०७६” माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार