कोरोनाको चेतावनी दिने डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु


२४ माघ, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ ।

वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

३४ वर्षीय लीलाई चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ‘हिरो’को संज्ञा दिइरहेका छन्, जसले सही समयमै मानिसहरुलाई सतर्क गराउने काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार