नेपालले मलेसियालाई ७ विकेटले हरायो, ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै


८ साउन, काठमाडौं । नेपालले मलेसियालाई ७ विकेटले हराएकाे छ । 

ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको हाे । 

 टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको हाे।

यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ ।

यसकालागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ ।

वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।

आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।

सम्बन्धित समाचार