कार्डबाट भुक्तानी गरेमा दश प्रतिशत रकम फिर्ता


२८ माघ, काठमाडौं । उपभोक्ताले मूल्य अभिबृद्धि कर(भ्याट) लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा करको दश प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने प्रणालीको शुभारम्भ भएको छ ।

आन्तरिक राजश्व विभागले उक्त व्यवस्था कार्यान्वयन गर्ने निर्माण गरेको प्रणालीको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका हुन । विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट बिक्रेताको बैंंक खातामा र बिक्रेताको खाताबाट पुनः उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने विभागले जनाएको छ ।

यो प्रणालीका मुख्य सरोकारवाला पक्ष विद्युतीय बीजक जारी गर्ने मूल्य अभिबृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली संचालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त विभागले विश्वास लिएको जनाएको छ ।

कार्यक्रममा मन्त्री खतिवडाले कर प्रणालीलाई व्यवसायमैत्री र लगानी मैत्री बनाउनु पहिलो प्राथमिकता भएको बताए । अर्थमन्त्री खतिवडाले कर तिर्न तीन जिल्ला पार गर्नुपर्ने अवस्थाको अन्तय गर्ने बताए । खतिवडाले कर्मचारीको मनोबल बढाउन तथा भौतिक पूर्वाधारमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै मंगलबारदेखि नै करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ । जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार