सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखियाे कोरोनाका जस्तै लक्षण


२९ माघ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरोे भाइरलको रुपमा फैलिएको छ ।

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको छ ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि सहयोगको लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रशासकिय अधिकृत लोकबहादुर विकले पनि विरामीमा कोरोनाभाइरससँग मिल्ने लक्षण देखिएको र गाउँपालिकामा त्यसको परीक्षण गर्ने प्रविधि नभएको भन्दै केन्द्र सरकारलाई जानकारी गराएकाे बताए ।

तर अहिले विरामीमा देखिएको लक्षण कम हुँदै गएकोले त्यस्तो जोखिम नरहेको विकले जनाए।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार