अमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट


२९ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको हो । 

स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार