सिन्धुपाल्चोकमा देखिएकाे रुघाखोकी काेराेना हाेइन- स्वास्थ्य मन्त्रालय


२९ माघ, काठमाडौं । सिन्धुपाल्चोकमा देखिएकाे रुघाखोकी काेराेना नभएकाे जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको चर्चा भइरहेका बेला स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो।

गाउँपालिकाले कोरोना जस्तै लक्षण देखिएको रोग फैलिएको भन्दै मंगलबार स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३, गुम्बा गाउँमा देखिएको भनिएको रोग सामान्य रुघाखोकी भएको जानकारी दिए। उनले त्यहाँका कुनै पनि गाउँलेलाई कोरोनाको संक्रमण नभएको पनि बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार