पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीएर बालिकाको मृत्यु


१ फागुन, काठमाडौं । भोजपुरको ट्याम्केमैयुम गाउँपालिका-७ बतासे बस्ने भाईराज राईको ९ बर्षीया छोरी निशाना राईको पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा मृत्यु छ ।

बुधवार दिउँसो २ बजेको समयमा आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा अचानक तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै तत्काल प्रहरी चौकी कोटबाट खटिएको प्रहरी टोलीले बालिकालाई मृत फेला पारेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार