नयाँ पार्टीमा न कुनै लगानी छ, न त राजनीतिक परिपक्वता- प्रकाशमान सिंह


२ फागुन, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले परिवर्तनका नाममा पुरानो पार्टीले केही गर्नै सकेन भन्नेहरु गलत भएको बताएका छन् ।

राजधानीमा आज ब्रह्मकुमारी राजयोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले परिवर्तनका नाममा पुरानो पार्टीले केही गर्नै सकेन भन्नेहरु गलत भएको बताएका हुन ।

“सस्ताे नारा र गफले मात्र हुदैन, काम गरेर देखाउन सक्नु पर्छ । अहिलेकाे सत्तारूढ दलले विगतमा दिएकाे नारा र अहिले उसले गरेकाे काम दृष्टान्त हाे ।” उनले भने ।

नयाँ पार्टिले भन्दा पनि पुरानाे टेस्टेड पार्टिले मात्र जन अपेक्षाहरू पुरा गर्न सक्ने उनले बताए ।

सत्तामा पुगे पछि मात्र कुन पार्टि कस्ताे हाे भन्ने उसकाे काम थहा हुने नेता सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार